खेलमैदानको संरक्षण नहुँदा बसपार्कमा परिणत | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

खेलमैदानको संरक्षण नहुँदा बसपार्कमा परिणत

प्रकाश नेपाल
पाल्पा, १३ माघ
। पाल्पा सदरमुकाम तानसेनमा रहेको टुडिखेल बसपार्कमा परिणत भएको छ । तानसेन नगरपालिका कार्यालय अगाडी नै रहेको खेल मैदानमा सवारी चालकहरुले पाकिङ्ग गर्न थालेपछि खेलमैदान बसपार्कमा परिणत भएको हो । खेलमैदान कुरुप हुँदा पनि सम्बन्धित निकायले संरक्षण गर्न चासो दिएका छैनन्।

नगरपालिका कार्यालय अगाडी नै रहेको टुडिखेल कुरुप हुँदा पनि कसैको नजर पर्न सकेको छैन । निर्वाचनको समयमा ग्रिन सिटीको अवधारणा बनाएका जनप्रतिनिधि निर्वाचित भएको ६ महिना वितिसक्यो तर नगरपालिका अगाडिकै मैदान कुरुप हुँदा पनि बनाउन चासो दिएका छैनन् । सो टुडिखेलमा नेपाली सेनाले आफ्नो गतिविधी सञ्चालन गर्ने गरेको छ । त्यस्तै खेलाडीहरुले अभ्यास गर्ने र राष्ट्रिय स्तरका खेलकुद संचालन गर्ने टुडिखेल सवारी साधनले भरिने गरेको छ । टुडिखेल फोहोरले भरिदा समेत जनप्रतिनिधिले स्तरोन्नतिका लागि चासो नदिएको सथानीयको गुनासो छ ।

तानसेनको बासपार्क सानो भएको भन्दै चालकले टुडिखेलमा पाकिङ्ग गरेका हुन् । व्यवस्थित बसपार्क बनाएपछि मात्र टुडिखेलमा पाकिङ्ग गर्न नदिइने नगरपालिकाको भनाई छ । समयमै टुडिखेलको व्यवस्थापनमा ध्यान नदिने हो भने खेल क्षेत्र प्रभावित हुने देखिन्छ । त्यसैले खेल क्षत्रको विकासका लागि टुडिखेलको संरक्षणमा जोड दिनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);