काठमाडौं, १३ माघ । विश्व क्रिकेट लिग डिभिजन टूको तयारीका लागि नेपाली क्रीकेट टोली आज संयुक्त अरब इमिरेट्स (युएइ) जाँदैछ।
नेपाली टोली अपरान्ह साढे ४ बजे इत्तिहाद एयरको विमानबाट युएई जाने कार्यक्रम रहेको छ । प्रतियोगिताको तयारीस्वरुप नेपालले युएईमा तीनवटा खेल खेल्ने छ । युएई एसँग २ र युएई इलाभेनसँग एउटा अभ्यास खेल खेल्ने तालिका रहेको कप्तान पारस खड्काले बताए ।
तयारी खेलपछि नेपाली टोली युएईबाटै नामिबिया जानेछ । नामिबियामा यही माघ २५ गतेदेखि विश्व क्रिकेट लिग डिभिजन टू प्रतियोगिता हुँदै छ ।प्रतियोगितामा नेपालले क्यानडा, केन्या, नामिबिया, ओमान र युएईसँग प्रतिस्पर्धा गर्ने छ । डिभिजन टू को शिर्ष २ मा पर्न सके नेपालले विश्वकप क्रिकेटको छनौट खेल खेल्न पाउनेछ ।




