माओवादीले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार आज टुंगो लगाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

माओवादीले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार आज टुंगो लगाउने

काठमाडौं,२७ फागुन ।  नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार आज टुंगो लगाउने भएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता सामाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेले लिने सहमति भएको छ । माओवादी केन्द्रमा अध्यक्ष पदका लागि मुख्य ३ जना आकांक्षी छन् ।

हालकी उपसभामुख उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहाल अध्यक्ष पदको आकांक्षी हुनुहुन्छ । साथै बैठकले संसदमा प्रश्तुत आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकताका विषयमा नयाँ सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले सरकारको अभियानलाई पूरा गराउने गरी पार्टीको तर्फबाट मन्त्री चयन गरिएको पनि जानकारी गराएको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रधानमन्त्री प्रचण्डले सरकारले अघि बढाएका राम्रो कामको सन्देश जनतामा पु¥याउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);