अमेरिकी कार्गो जहाजमाथि आक्रमण,३ जनाको मृत्यु,जहाजका गार्डमध्ये एक नेपालीको अवस्था अज्ञात | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

अमेरिकी कार्गो जहाजमाथि आक्रमण,३ जनाको मृत्यु,जहाजका गार्डमध्ये एक नेपालीको अवस्था अज्ञात

एजेन्सी,२५ फागुन । दक्षिणी यमनमा हुथी विद्रोहीले अमेरिकी कार्गो जहाजमाथि आक्रमण गर्दा जहाजका चालक दलका तीन सदस्यको मृत्यु भएको छ भने जहाजका गार्डमध्ये एक नेपालीको अवस्था अज्ञात छ ।

बार्बडोसको झन्डा बोकेको अमेरिकी जहाज ट्रु कन्फिडेन्समाथि हुथी लडाकुले गल्फ अफ एडनमा हमला गरेको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ । जहाजका चालक दलका तीन सदस्यको मृत्यु भएको छ भने जहाजका गार्डमध्ये एक नेपालीको अवस्था अज्ञात ्हेको बताइएको छ । मृतकको पहिचान खुलेको छैन् ।

आक्रमणमा घटनामा चार जना घाइते भएका छन । घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको संचार माध्यमहरुले जनाएका छन् । जहाजलाई दिइएको चेतावनी बेवास्ता गरेपछि आक्रमण गरेको हुथी लडाकुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जहाजको चालक दलमा एक भारतीय, ४ भियतनामी र १५ फिलिपिनो नागरिक थिए भने ३ सशस्त्र गार्डमध्ये एक नेपाली रहेको भनिएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);