सुनको मुल्यले राख्यो नयाँ रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

सुनको मुल्यले राख्यो नयाँ रेकर्ड

काठमाडौँ,२४ फागुन । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड राख्दै गएको छ । बुधबारको तुलनामा बिहीबार सुन १५ सय रुपैयाँले बृद्धि भएको हो ।

तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर आज १ लाख २५ हजार रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा खदिर विक्रि भइरहेको छ ।

त्यसैगरी सेता धातु चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);