मंगलबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मंगलबार सुनको मूल्य घट्दा चाँदीको बढ्यो

gold

काठमाडौं, २७ साउन । मंगलबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाली बजारमा सुनको मूल्यआइतबार तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा २ सय रुपैयाँ घटेर एक लाख दुई हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ गएको आइतबारदेखि घट्न थालेको हो ।

अन्तर्राष्ट्रिय बजारमा भाउ अस्थिर हुँदा नेपालमा घटेको महासंघले जनाएको छ । यस्तै सुनको भाउ घटे पनि चाँदीको भाउले भने रेकर्ड बनाएको छ । चाँदी मंगलबार तोलामा ४० रुपैयाँ बढेर तोलाको १ हजार ४ सय ३५ रुपैयाँ पुगेको छ ।।

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);