काठमाडौं,२२ फागुन । सोमबार ह्वात्तै बढेको शेयर कारोबार मंगलबारको सुरुवातमै गिरावट आएको छ ।
हिजो नयाँ सत्ता गठबन्धन सँगै शेयर मार्केटका सबै सुचकमा हरियाली छाएको थियो भने आज कारोबारको सुरुवातमा राताम्मै भएको छ ।
नेकपा एमाले सरकारमा जाने भएसँगै शेयर कारोबारीहरु विष्णु पौडेल अर्थमन्त्री हुने हल्लाले बजार फराकिलो अंकले बढेको थियो ।
अर्थमन्त्री पौडेल नुहने र माओवादीबाट वर्षमान पुन अर्थमन्त्री हुने हल्ला बाहिरिएपछि मंगलबार बजार घट्न थालेको हो ।