कांग्रेस–माओवादी गठबन्धन टुट्नुमा जिम्मेवार को ? | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

कांग्रेस–माओवादी गठबन्धन टुट्नुमा जिम्मेवार को ?

काठमाडौं,२१ फागुन । सत्ता समीकरणमा फेरबदलसगै प्रचण्डको नेतृत्वमा माओवादी, एमाले, रास्वपा र जसपा सरकारमा सामेल हुने भएको छन् । प्रचण्डको नेतृत्वमा माओवादी, एमाले, रास्वपा र जसपानेकपा माओवादी केन्द्र र नेकपा एमालेसहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको हो ।

नेकपा माओवादी केन्द्रले शान्ति प्रक्रियालाई टुंग्याउने र सरकारको कामलाई नयाँपन दिनका लागि नयाँ गठबन्धन बनाउनुपरेको जनाएको छ । नयाँ गठबन्धनले वामपन्थी आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउँदै ध्रुवीकरणको दिशामा लैजान मद्दत मिल्ने माओवादीको विश्वास छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले कांग्रेसहितको पुरानो गठबन्धन भत्काउँदै एमाले रास्वपासहितको नयाँ गठबन्धन बनाउने निर्णय गरेको हो । कयौं चुनौती त छन् तर त्यसको बाबजुद पनि नेपालको वामपन्थी आन्दोलनलाई फेरी नयाँ शिराबाट अगाडि बढाउनको निम्ति सरकारको प्रसंगलाई जोड्दै वामपन्थीहरुको ध्रुवीकरणको दिशामा लैजाने उद्देश्यसहित नयाँ समीकरण बनाउने निर्णय गरिएको माओवादीको तर्क छ ।

अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको अपेक्षा गरे अनुरुप सहयोग नगरेको, राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु, कांग्रेस महासमिति बैठकमा जनयुद्धलाई गलत ढंगले टिप्पणी गर्नु र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले पनि कांग्रेस–माओवादी गठबन्धन टुट्न सहयोग पुगेको माओवादीको निष्कर्ष छ ।

नयाँ गठबन्धनमार्फत् शान्ति प्रक्रिया टुंगो लगाउने र बजेटमार्फत् जनताका अपेक्षा पूरा गर्ने माओवादीको दाबी छ । नयाँ सत्ता गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई भने नसमेट्ने तर एकीकृत समाजवादीलाई भने गठबन्धनमा ल्याउन प्रयास गर्ने बताइएको छ । सरकारी निवास बालुवाटारमा आइतबार अबेर रातिसम्मबसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको हो । नयाँ गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जनता समाजवादी सहभागी हुने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);