एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने हाम्रो उद्देश्य होः ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने हाम्रो उद्देश्य होः ओली

काठमाडौं,२२ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मिसन–२०८४ नछोड्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धन परिवर्तन गरी एमाले सरकारमा गएपनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरुको उद्देश्य भने नछोड्ने बताउनुभएको हो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यथास्थितिवादी शक्ति र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने देश यस्तै अवस्थामा रहने भएकाले पनि एमालेले राष्ट्रियताको रक्षा, संवद्र्धन, सुशासन, विकास आदिको पक्षमा काम गर्नका लागि मिसन, २०८४ अभियान सञ्चालनमा ल्याउनु परेको जिकिर गर्नुभयो । राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिशन–२०८४ बनेको उहाँको भनाई थियो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यहाँहरुलाई थाहा छ–आज देशको परिस्थिति आजको दिन चाहीँ अलि छिटोछिटो हिँड्न खोजेजस्तो लागिरहेको छ । त्यसो भएर म आज यहाँ आउन पनि ढिला भयो । म यहाँ आएन किन ढिला भयो भने देशको परिस्थिति छिटोछिटो हिँड्न खोज्यो के । त्यसले गर्दा त्यतापटि अलि अल्झायो, अल्मल्यायो । देशका परिवर्तन आवश्यक छ, हुनुपर्छ । परिवर्तन हुन्छ । र जेसुकै परिवर्तन भएपनि हामी मिसन २०८४ छोड्दैनौं । नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने हाम्रो उद्देश्य जुन हो । यो मिशन २०८४ भनेको चुनावमा बहुमत ल्याउने मात्रै होइन । त्यो भन्दा माथिको कुरा छ यो । राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिसन २०८४ बनेको हो । त्यो मापन केबाट हुन्छ भन्दा निर्वाचनबाट हुन्छ । मापन हुनेमात्रै निर्वाचन हो । कति भोट, कति सिट भन्ने कुराले कहाँनिर छ भन्ने देखाउँछ । र, त्यसले राष्ट्रिय शक्ति निर्णायक भयो भने राष्ट्रियताको रक्षा, संवद्र्धन, सुशासन, विकास आदिको पक्षले त्यसले देशलाई लिएर जान सक्छ । जनपक्षीय शक्ति, जनशक्ति निर्णायक भयो । राष्ट्रिय शक्ति, प्रगति चाहने शक्ति निर्णायक भयो भने । यथास्थितिवादी शक्ति र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने प्रतिगमन हुन्छ । देश त्यस्तै अवस्थामा रहन्छ । दुनियाँमा हाम्रा भन्दा अपm्ठ्यारा अपm्ठ्यारा भौगोलिक, प्राकृतिक, अनेक हिसावले अपm्ठ्यारा ठाउँमा रहेका देश किन अगाडि बढे ? मरुभूमीका देश अगाडि बढे, किन ? हामी किन अगाडि बढ्न सकेनौं ? न्युजिल्याण्ड अहिले पनि उसको प्रमुख स्रोत कृषि नै हो । कृषिबाटै वियर निर्यात गर्ने ठूलो राष्ट्र बन्न भयो । फलफूलको जुस, डेरी प्रडक्ट यस्ता चिजहरु निर्यात गरेर उसले प्रशस्त पैसा कमाएको छ । तर यस्तो उर्वर देश, जहाँ जलस्रोत छ । माटो उर्वर छ । जहाँ धेरै प्रकारका सम्भावनाहरु छन् । विविधता छ क्लाईमेटको । यो विविधताको लाभ लिएर हामी विभिन्न प्रकारका जडिबुटीदेखि लिएर, फलफूलदेखि लिएर, बाली उत्पादनदेखि लिएर, फलफूल, सागपात, अन्नबाली अनेक उत्पादन गर्नसक्छांै । ६० प्रतिशत जनता कृषिमा आधारित छ । ती जनसंख्यालाई अरुतिर सिफ्ट गर्नुपर्नेछ ।’

अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै मुलुकमा व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्ने कुरा सही नभएको दाबी गर्नुभयो । विगतमा पनि मुलुकले धेरै ठूलो उपलब्धिहरु हात पारेको र अझ राम्रो गर्दै जानुपर्ने ओलीको भनाई थियो । अध्यक्ष ओलीले मजदुरहरुको न्युनतम ज्याला पाउने कुरा समेत कानूनमा व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले व्यवस्थासँगै मुलुकको अवस्थामा धेरै फेरबदल आएको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एउटा हल्ला चल्ने गरेको छ । व्यवस्था बदलियो अवस्था बदलिएन भनेर । यो नै गलत भाष्य हो । मजदुरको अवस्था के यस्तै थियो उहिले ? अथवा नेपालमा मजदुर आन्दोलन शुरु भएको ७७ वर्ष अगाडि मजदुरहरुको अवस्था यस्तै थियो ? सामाजिक सुरक्षाको अवस्था यस्तै थियो ? सम्मानित रोजगार, सामाजिक सुरक्षाको प्रबन्ध, अनौपचारिक क्षेत्रमा क्रियाशीलहरुको पनि सामाजिक सुरक्षाको प्रवन्धलगायत सामाजिक सुरक्षाका अन्य प्रवन्धहरु सबैलाई आकर्षित हुने प्रबन्धहरु छन् । ती प्रवन्धहरु समेतबाट के मजदुर वर्गले त्यसबेला लाभ दिएका पाएको थियो ? यो आफ्नो संघर्ष र ती संघर्षहरुमा आफूले पाएको दुःखकष्ट, भोगेको बलिदानका कुरा र त्यसबाट प्राप्त गरेका उपलब्धिहरुलाई आफैले नकार्नु जस्तै हो । त्यसकारण हामीले धेरै महत्वपूर्ण र ठूला उपलब्धिहरु हासिल गरेका छौं । तर अझै उपलब्धिहरु हासिल गर्दै जानुछ । सबभन्दा महत्वपूर्ण कुरा सम्मानित ढंगले काम गर्ने, कामको सुरक्षा र मजदुरहरुका हितहरुको परिवारको सदस्यहरुको जिविका चल्नेगरी स्यालरी यी चीजहरु अझै हामीले प्राप्त गर्न बाँकि छ । त्यो हुनुपर्छ । मजदुरको स्यालरी ज्याला वा पारिश्रमिक नबढदा कसैलाई फाईा हुने होइन, मजदुरलाई नोक्सान हुने हो । मजदुरको ज्याला बढयो भने उसलाई पनि फाईदा हुन्छ, अरुलाई पनि नोक्सान हुँदैन । अव तपाईहरुको आन्दोलन व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने अवस्था होइन । अव तपाईहरुले अवस्थामा फेरबदल ल्याउनु भएको छ । अव अझ राम्रो व्यवस्थाका लागि काम गर्नुछ । पोलिटिक्स मात्रै फेरिएको होइन, पहिलापहिला न्युनतम ज्याला तोकिएको हुन्थ्यो ? समान कामको समान ज्याला पहिले पनि हुन्थ्यो र । बाल श्रमलाई पहिलो पनि अवैध घोषणा गरिएको थियो र ? अनि महिलाहरुले कार्यस्थलमा पहिला पनि सुरक्षित हुने अवस्था थियो र ? त्यसका प्रवन्ध कानूनी हिसावले हुन्थे र ः? यस्ता थुप्रा कुराहरु तपाईहरुले एचिभ गर्नुभएको छ । अब तपाईहरु कानून निर्माणमा, कानून कार्यान्वयनमा, कानून अन्तरर्गत नियमावली बनाउने कुरामा, तिनको कार्यान्वयन गर्ने कुरामा एउटा बलियो शक्तिको रुपमा प्रश्तुत गर्नुभएको छ । र, सफल हुनुभएको छ । ’

अध्यक्ष ओलीले शहीदहरुका अधुरा सपना पूरा गर्नका लागि आफूहरुले समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्पलाई अघि बढाएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);