नयाँ सत्ता गठबन्धन बनाउने माओवादीको निर्णय | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नयाँ सत्ता गठबन्धन बनाउने माओवादीको निर्णय

काठमाडौं,२१ फागुन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले नयाँ सत्तारुढ गठबन्धन बनाउने निर्णय गरेको छ ।सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले वर्तमान सत्तारुढ गठबन्धनको अन्त्य गर्दै नयाँ गठबन्धन बनाएर अगाडी बढ्ने निर्णय गरेको हो । बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा(माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले देशको वामपन्थी आन्दोलनलाई नयाँ शिराबाट अगाडी बढाउँदै ध्रुविकरणको दिशामा लैजानका लागि नयाँ गठबन्धन गर्न लागिएको बताउनु भयो । उहाँले शान्ति प्रक्रियालाई टुंग्याउने र सरकारको बजेट, नीति तथा कार्यक्रममार्फत सरकारको कामलाई नयाँपन दिनका लागि नयाँ गठबन्धन बनाउनुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पदाधिकारी बैठकमा नयाँ गठबन्धन बनाएर अगाडी बढ्ने । कयौँ चुनौती त छन् तर त्यसको बाबजुद पनि नेपालको वामपन्थी आन्दोलनलाई फेरी नयाँ शिराबाट अगाडी बढाउनको निम्ति सरकारको प्रशंगलाई जोड्दै वामपन्थीहरुको ध्रविकरणको दिशामा लैजाने उद्देश्यसहित नयाँ समिकरण बनाउने निर्णय ग¥यौँ हामीले । त्यसको औपचारिकता दिन त गठबन्धनको बैठक बसिराखेको छ । तर हामी नयाँ गठबन्धनतिर जाने, शान्ति प्रक्रिया टुंग्याउने, बजेट, नीति, कार्यक्रममार्फत जनताका डेलिभरीका कामहरुमा नयाँपन दिने । त्यसको साथसाथै धर्म निरपेक्षता, समावेशि, समानुपातिकजस्ता विषयहरुको बारेमा जो नेपाली कांग्रेसभित्र छलफल चल्यो त्यसले संविधान प्रतिकुल हुने प्रकारका संकेत देखिएको र कोशी प्रदेशमा देखिएका कतिपय परिघटनाहरुको पनि समिक्षा गर्दै नयाँ गठबन्धनमा जाने निर्णय हामीले ग¥यौँ ।’

सचिव पौडेलले अर्थ मन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई अपेक्षा गरे अनुरुप सहयोग नगरेका कारण पनि गठबन्धन फेर्ने निर्णय गर्नुपरेको बताउनु भयो । त्यस्तै राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु, काँग्रेस महासमिति बैठकमा जनयुद्धलाई गलत ढंगले टिप्पणी गर्नु र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले पनि काँग्रेस–माओवादी गठबन्धन टुट्न सहयोग पुगेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘कोशी प्रदेशमा भनेजस्तो भएन । उहाँहरुले त्यसलाई महशुस गर्नेतिर जानुभएन । सरकारलाई प्रभावकारी बनाउने कुरामा पनि अर्थमन्त्रालयले जसरी प्रधानमन्त्रीलाई सहयोग गर्नुपथ्र्यो, डेलिभरी दिने कुरामा अर्थमा गएर धेरैकुरा अल्झियो । त्यो पनि दोस्रो कारण बन्यो । तेस्रो कारण भनेको काँग्रेसको महासमितिको बैठकले जनयुद्धलाई गलत प्रकारले टिप्पणी गरिदियो । त्यो कारणले नेपालमा विकास भएन । त्यो हिंसा थियो भन्ने आशयको उहाँहरुले प्रतिवेदन पारित गरेर आउनुभयो । महाधिवेशनमा उहाँहरुले हिन्दु राज्य चाहिन्छ भन्ने कुरामा बहुसंख्यकले हस्ताक्षर गरेर दिनुभयो । त्यसले राजनीतिक वैचारिक रुपमा हामीलाई अर्को पक्षसँग मिल्नका लागि प्रेरित ग¥यो ।’

उहाँले नयाँ सत्ता गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने नसमेट्ने स्पष्ट पार्नुभयो । गठबन्धनमा राप्रपालाई ल्याउनु प्रतिगमनकारी हुने भएकाले राप्रपालाई गठबन्धनमा नसमेट्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘राप्रपा आउने सम्भावना छैन । हामीले प्रष्ट रुपमा भन्यौँ काँग्रेस छोड्नु र राप्रपा ल्याउनु झन प्रतिगमनकारी हुन्छ । राप्रपासँग कतिपय अरु गणितिय प्रशंग त चल्ला । पार्टी भएपछि हामीले नकारात्मक रुपमा राख्ने कुरा त भएन । तर यो प्रणालीकै विपक्षमा उहाँहरु हुनुहुन्छ । त्यसकारण सरकार बनाउने कुरा उहाँहरुसँग मिलेर नजाने भन्ने कुरा प्रष्टै भनेका छौँ ।’ उहाँले माधवकुमार नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी)लाई भने गठबन्धनमा ल्याउन प्रयास भइरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);