कानूनमै द्वन्द्वपीडितका परिवारलाई शिक्षा दिने व्यवस्था गर्न सुनिल शर्माको प्रश्ताव | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

कानूनमै द्वन्द्वपीडितका परिवारलाई शिक्षा दिने व्यवस्था गर्न सुनिल शर्माको प्रश्ताव

काठमाडौं,२१ फागुन । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले पीडितलाई दिइने परिपूरणलाई पैसामा मात्रै तुलना गर्नु नहुने बताउनुभएको छ ।

आईतवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले द्वन्द्वपीडितका परिवारलाई शिक्षा दिने कानूनी व्यवस्था नै गर्नुपर्ने बताउनु भयो । उहाँले परिवारका सदस्यलाई उचित शिक्षा दिन सकेमा पैसा भन्दा त्यही ठूलो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘परिपूरण पैसामा मात्रै तुलना गरिन्छ । त्यो समाधान होइन । पीडित पक्षको परिवारको शिक्षाको निम्ति यो कानुनमा केही व्यवस्था गरौँ । उसले पढ्न चाहेको विषयलाई देशभित्र केही कोटाहरु राखिदिने हो कि ? पाँच÷सात वर्ष कोटा राख्दा सकिइहाल्छ । पैसा भन्दा ठुलो हुन्छ त्यो । मधेश वा पहिचानको आन्दोलनलाई के भन्ने ? माओवादीले लडको जनयुद्ध हुने अरुले लडेको के हुने भन्ने प्रश्नको उत्तर खोजेर कानून बनाए दूरदर्शी हुन्थ्यो कि ।’ उहाँले माओवादीले लडेको युद्धलाई जनयुद्ध भन्ने भए अरुले लडेका युद्धलाई के भन्ने भनेर प्रश्न समेत गर्नुभयो । सो प्रश्नको जवाफ खोजेर कानुन बनाउनसके दूरदर्शी कानून बन्ने उहाँको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);