इलाम–२ उपनिर्वाचन : कुल दलबाट कति छन् आकांक्षी ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

इलाम–२ उपनिर्वाचन : कुल दलबाट कति छन् आकांक्षी !

काठमाडौं,२० फागुन । विभिन्न क्षेत्रमा निर्वाचित सांसदहरु दिवंगत भएपछि सो क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेको छ । आयोगले आगामी बैशाख १५ गतेलाई उपनिर्वाचनको मिति तोकेको छ ।  ठुला राजनीतिक दलहरु चुनावको तयारीमा जुटेको खासै देखिएको छैन तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने उपनिर्वाचनको लागि दौडधुप गरिरहेको देखिन्छ । अन्य मुख्य दलहरुमा भने तयारी भन्दा पनि टिकट पाउन दौडधुप गरिरहेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष एंव प्रतिनिधि सभाका सांसद सुवास नेम्वाङ दिवगंत भएपछि इलामको क्षेत्र २ मा उपनिर्वाचन हुँदैछ । इलामलााई वाम किल्ला भनिदै आएता पनि अब भने वामको किल्ला तोडिने अन्य दलहरुले दाबी गरिरहेका छन् । त्यसो त नयाँ दल रास्वपाले धक्का दिन सक्ने अनुमान गर्न थालिएको छ ।

तनहुँको क्षेत्र न १ लाई कांग्रेसको गढ मानिदै आएको थियो तर रास्वपाका स्वर्णिम वाग्लेले त्यो गढलाई भत्काउन सफल भए । त्यहाँका जनताले वाग्लेलाई मत दिएर जिताए । सोही उपनिर्वाचनको सन्देशलाई रास्वपाले निरन्तरता दिन सक्ला ? भन्ने जिज्ञासा आम मानिसमा छ ।

सो क्षेत्रमा एमालेले कसलाई नेम्वाङको क्षेत्रमा जिम्मेवारी देला ? त्यसबारे एमालेले केही निर्णय गरेको छैन् तर, जिल्ला उपाध्यक्ष उदय राई,नेताहरु जयप्रकाश राई,देवी क्षेत्री दुलाल,गणेश बराल,बुद्धि खनाल र रवीन्द्र सुवेदी आकांक्षी रहेका छन् । तर एमाले भित्र भने सुवासका पुत्र सुहाङको छ ।

त्यसैगरी नेपाली कांग्रेसका ४ जना आकांक्षीहरु देखिएका छन् । जिल्ला सभापति डम्बर खड्का, नेताहरु भेषराज आचार्य, केदार थापा र नगेन्द्र कुमाल कांग्रेसका आकांक्षीहरु हुन् । माओवादीमा पनि टिकट पाउनकै लागि दौडधुप गर्नेको संख्या बाक्लै छ । पूर्व प्रदेश सभा सदस्य धिरेन्द्र शर्मा, जिल्ला अध्यक्ष विजय राई, जिल्ला इन्चार्ज कुलप्रसाद लिम्ब, कान्छा लावती आकांक्षी छन् ।

त्यसैगरी रास्वपाले पनि टिकट कसलाई दिने भन्ने निर्णय गरेको छैन्, यद्यपी योग्य उम्मेदवार खोज्न महामन्त्री कविन्द्र बुर्लाकोटी इलाम पुगेका छन् । पार्टीले केही सांसदहरुलाई इलामका विभिन्न स्थानीय निकायहरुमा समेत चुनावी अभियानमा खटाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);