दिल्लीमा बालिकामाथि बलात्कारपछि कुटपिट गरेर मेट्रो स्टेशनमा फालियो | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

दिल्लीमा बालिकामाथि बलात्कारपछि कुटपिट गरेर मेट्रो स्टेशनमा फालियो

एजेन्सी,१६ फागुन । दक्षिण दिल्लीमा एक बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । उनका साथीले अपराध गरेका छन् । बुधवार सगरपुर इलाकामा एक युवतीलाई साथीले बलात्कारपछि कुटपिट गरेको प्रहरीले जनाएको छ ।

युवतीलाई कुटपिटपछि डाबरी मेट्रो स्टेशन नजिकै फालिएको प्रहरीले जनाएको छ । हाल प्रहरीले घटनामा संलग्न बालकलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । उनीविरुद्ध मुद्दा दर्ता भएको छ । दुवैको भेट सामाजिक सञ्जालमार्फत भएको बताइएको छ ।

प्रहरीका अनुसार पीडित महिला कोचिङ क्लासमा गएकी थिइन् । त्यसपछि उनी साथीलाई भेट्न गइन् । एक वरिष्ठ प्रहरी अधिकारीको अनुसार उनले आफ्नो सोशल मिडियाका साथीलाई भेट्ने निर्णय गरिन र उनी बलात्कृत भइन् । सो विषयमा थप अनुसन्धान जारी छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);