दुर्गा संस्कृत विद्यापीठमा अष्टोत्तरशत श्रीमद्भागवत विराट ज्ञान महायज्ञ | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

दुर्गा संस्कृत विद्यापीठमा अष्टोत्तरशत श्रीमद्भागवत विराट ज्ञान महायज्ञ

 

सत्यनारायण मानन्धर ||
रुपन्देही, फागुन १५ ||
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित दुर्गानगरमा रहेको श्री दुर्गा संस्कृत वेद वेदाङ्ग विद्यापीठमा पितृमुक्ति तथा विश्व शान्ती अष्टोत्तरशत श्रीमद्भागवत विराट ज्ञान महायज्ञ फागुन १२ गतेदेखि सुरु भएको छ । २७ औं परमानन्द गुरु स्मृति भण्डाराको अवसरमा विद्यापीठको आर्थिक, भौतिक, शैक्षिक गुणस्तर अभिवृद्धि तथा अक्षयकोष स्थापनाका लागि महायज्ञ सञ्चालन गरिएको विद्यापीठ व्यवस्थापन समितिले जनाएको छ । फागुन २० गतेसम्म सञ्चालन हुने महायज्ञमा १०८ ब्राहमणहरुद्वारा एकैसाथ पाठपारायण एवं विशिष्ट विद्वानहरुबाट व्याख्यान तथा उद्बोधन सहित पितृमुक्ति कार्य गरिने छ । २०५१ वैशाख १४ गते सिलान्यास भएको विद्यापीठमा विभिन्न जिल्लाका १ सय बढी बटुकहरुले अध्ययन गरिरहेका छन् । २०७२ सालदेखि नेपाल सरकारबाट कक्षा ६ सम्मको मान्यता लिएर हाल ११ कक्षा सम्म अध्ययन भैरहेको छ । विद्यापीठमा निःशुल्क भरणपोषणका साथै आवासीय सुविधा पनि उपलब्ध गराईएको छ । विद्यापीठको स्तरोन्नतिकासाथै आर्थिक, भौतिक तथा शैक्षिक गुणस्तर अभिवृद्धि र अक्षयकोष स्थापनाका लागि महायज्ञको आयोजना गरिएको हो । महायज्ञमा पितृमुक्ति कार्यसमेत सँगै हुने भएकाले कम आर्थिक स्रोत भएका तर यज्ञ गर्न चाहनेहरुले कर्ता बनेर यज्ञमा बस्न सक्ने व्यवस्था गरिएको छ । २०५१ मा महायज्ञ गरेर स्थापना गरिएको विद्यापीठको उदेश्य संस्कृत भाषा र कर्मकाण्डको संरक्षण गर्नु हो । यस महायज्ञमा १०८ भागवत, हवन, रुद्राभिषेक, चण्डी पाठ, वेद पाठकासाथै सन्त महात्माबाट कथा प्रवचन हुने भईरहेको छ ।
महायज्ञमा कर्ता बन्न चाहनेहरुले एघार हजार रुपैयाँ दक्षिणा राखेर कर्ता बन्न सकिने छ भने अन्य भक्तजनहरु लाई पनि उपस्थितिको लागि निमन्त्रणा गरिएको छ ।
महायज्ञमा कर्ता बन्न पाउनु सौभाग्य भएको भैरहवा निवासी भीमराज अधिकारी बताउनु हुन्छ ।
कलश यात्रा गरि सुरु भएको महायज्ञमा दैनिक पुजन, हवन, कथा प्रवचन, पाठपारायण, विशिष्ट विद्वान गुरुहरुबाट व्याख्यान, भजन कृतन तथा सन्ध्यामा कलाकारहरुद्वारा झाँकी तथा नाटक समेत प्रस्तुत हुने गरेको छ । फागुन २० गते गुरु भण्डारा सहीत पुर्णाहुति गरी महायज्ञको समापन हुने छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);