नर्वेको पानीजहाजलाई राजधानी पोर्ट लुइस प्रवेशमा लगाइएको रोक खुल्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

नर्वेको पानीजहाजलाई राजधानी पोर्ट लुइस प्रवेशमा लगाइएको रोक खुल्यो

काठमाडौं,१५ फागुन । यात्रुमा हैजा फैलिएको आशंकापछि मौरिससले नर्वेको पानीजहाजलाई राजधानी पोर्ट लुइस प्रवेशमा लगाएको रोक १ दिनपछि खुला गरेको छ । नर्वेजियन डन नामको पानीजहाजमा रहेका ३४ सय जनाभन्दा धेरै यात्रुमध्ये १५ जनामा हैजाको शङ्का गरिएपछि मौरिससले राजधानी पोर्ट लुइस प्रवेशमा लगाएको रोक एक दिनपछि खाुला गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

जहाजमा रहेका बिरामीहरूको नमुना परीक्षणमा सन्तोषजनक परिणाम आएको मैरिसससले जनाएको छ । स्वास्थ्य जोखिमबाट बच्नका लागि जहाज रोक्ने निर्णय लिइएको हो । यात्रुहरूले दक्षिण अफ्रिका यात्राका क्रममा पेटमा समस्या भएको बताएका पछि स्वास्थ्या सुरक्षा अपनाइएको हो । दक्षिणी अफ्रिकामा विगत केही महिनाहरूमा हैजाको प्रकोप उच्च छ, जाम्बिया सबैभन्दा बढी प्रभावित भएको छ ।

गएको वर्ष अफ्रिकामा एक लाख ८८ हजार जनामा हैजा पुष्टि भएकोमा तीन हजार जनाको ज्यान गएको तथ्याँंक छ जहाजमा दुई हजार एक सय ८४ जना यात्रु र एक हजार २६ जना चालक दलका सदस्य थिए । यीमध्ये दुई हजार जना मौरिससको राजधानी पोर्ट लुइसमा उत्रिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);