काठमाडौं,१३ फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव केशव झाले पार्टी अध्यक्षका कारण पार्टी नै समाप्त हुन लागेको आरोप लगाउनुभएको छ ।
पार्टीभित्र अध्यक्ष महन्थ ठाकुरले पार्टीमा व्यक्तिवादी निर्णय गर्दा पार्टी राजनीतिक रुपमा धराशायी बनेको बताउनुभएको हो । आईतवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले पार्टी अध्यक्ष ठाकुरको कारणले विचार शुन्य पार्टी बनेको आरोप लगाउनु भयो ।
पार्टीभित्र पद लोपुपता, सत्ता मोह झाँगिदै गएकाले इमान्दार कार्यकर्ता बस्न नसक्ने अवस्थामा पुगेको बताउनु भयो । महासचिव झाले आफूले धेरै कोशिस गर्दा पनि पार्टी भित्रको बेथिति निश्तेज पार्न नसकेको बताउनु भयो । पार्टी अध्यक्षले आफैँले कार्यशैली परिवर्तन नगरे ठूलो बिद्रोह हुनसक्ने अवस्था पार्टीमा बन्दै गएको बताउनु भयो ।