अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालद्धारा डा.शाही र श्री प्रधानाङ्ग सम्मानित | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालद्धारा डा.शाही र श्री प्रधानाङ्ग सम्मानित

काठमाडौं,१३ फागुन । अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपालले सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरेको छ । गत शुक्रबार संस्थाले ललितपुरको जावलाखेलस्थित थासाङ घरमा कार्यक्रम सम्पन्न गरेको हो । संस्थाले एक भव्य कार्यक्रमका बीच वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाही र एस.ओ.एस बालग्राम नेपालका पूर्व राष्ट्रिय निर्देशक श्री शंकर प्रधानाङ्गलाई सम्मान समेत गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्यान्सर रोगका लागि जनचेतना फैलाएर देशका लागि महत्वपुर्ण योगदान दिएका डा.शाही र सामाजिक र बालबालिकाको क्षेत्रमा निरन्तर अग्रसर प्रधानाङ्गलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहित संस्थाका अध्यक्ष भिकेएस ठकुरीले सम्मान गरेका हुन् । कार्यक्रममा सम्मानित हुने व्यक्तित्वहरुको सामाजिक कार्यहरुको समेत प्रंशसा गरिएको थियो ।

सो कार्यक्रममा थपिएका नयाँ सदस्यहरुलाई स्वागत गर्दै बढुवा भएका निर्देशकहरु शिला न्यौपाने र सुरज अर्याललाई पनि बधाई तथा शुभकामना दिइएको थियो । न्यौपाने उपाध्यक्षमा र अर्याल महासचिवमा बढुवा भएका हुन् । संस्थाका अध्यक्ष ठकुरीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको अन्त्यमा महासचिव सुरज अर्यालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा गोपाल श्रेष्ठ,युलेन्स स्कुल काठमाडौकी प्रिन्सिपल बुनु कार्की थापा,अरुण गुरुङ लगायत अतिथिहरु थिए भने सल्लाहकार बन्दना खाँण,उपाध्यक्ष शैला न्यौपाने लगायतको सहभागिता थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);