काठमाडौं,११ फागुन । बिहीवारबाट जारी सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने भनिएकोमा बैठक स्थगित भएको हो ।
आज माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गरेर खटिनेहरुलाई सम्मान र काममा नजानेहरुलाई कारबाही गर्ने कार्यक्रम थियो । उत्कृष्ट र काम नगर्ने तीन/तीन जनाको नाम सार्वजनिक हुनेछ ।
साथै पार्टी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिका बारेमा नेताहरुले उठाएको धारणाको जवाफ दिने कार्यक्रम रहेको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताएका थिए । बैठक आगामी आइतबार बिहान ११ बजे बोलाइको माओवादी स्रोतले जनाएको छ ।