काठमाडौं १२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार भ्रष्टाचारीप्रति कडा हुने बताएका छन ।बाँकेको नेपालगन्जमा आयोजित एक कार्यक्रममा दाहालले अब बन्ने वामपन्थी सरकारले आर्थिक समृद्धिका लागि भ्रष्टाचार न्यूनिकरण गर्ने अभियान चलाउने बताए ।उनले जनतालाई अन्याय हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।




