उपसभापति खड्काको प्रतिवेदन–आजको अवस्था सहज छैन | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

उपसभापति खड्काको प्रतिवेदन–आजको अवस्था सहज छैन

काठमाडौं,८ फागुन । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले सभापति शेरबहदुर देउवा नेतृत्वको गठबन्धन सरकारले स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचन गरेर तीनै तहमा ठूलो दलको रूपमा स्थापित भएको दाबी गरेका छन् ।

महासमितिको बैठकमा पेश गरेको ६५ पृष्ठ लामो नीति प्रस्तावमा उनले यस्तो उल्लेख गरेका हुन् । ठूलो दल भएकै कारण अहिले पनि सुझबुझपूर्ण ढङ्गबाट काम गर्दै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सञ्चार जगतलाई समेत साथमा लिएर लोकतन्त्रको संरक्षण, सम्बद्र्धन तथा समुन्नतिको लागि काम गर्नुपर्ने अवस्था रहेको उनको ठहर छ ।

कांग्रेस यस विषम परिस्थितिमा इतिहासले आफूलाई सुम्पिएको यस महत्वपूर्ण जिम्मेवारी बहन गर्न प्रतिवद्ध भएर क्रियाशील भएको भन्दै लेखेका छन्,“आजको अवस्था सहज छैन । हाम्रा सामु अझै विभिन्न अप्ठ्यारा परिस्थिति छन् ।”

Leave a Reply