जोसे माउरिन्हो २०२० सम्म म्यान्चेस्टर युनाइटेडमै रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जोसे माउरिन्हो २०२० सम्म म्यान्चेस्टर युनाइटेडमै रहने

एजेन्सी, १२ माघ । इङ्लिस क्लब म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले क्लबसँगको अनुबन्ध लम्ब्याएका छन् ।

माउरिन्होले सन २०२० सम्म क्लबमै रहने गरी नयाँ अनुबन्धमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि माउरिन्होले आफूलाई क्लबले उपयुक्त प्रशिक्षक ठानेकोमा आफू दंग परेको र गज्जबका युवा खेलाडी रहेको टीमले थप उपलब्धि हाँसिल गर्ने प्रतिक्रिया दिएका छन् ।

अब कम्तिमा ३ वर्ष सँगै बिताउने भएकाले आफुले खेलाडीसँग मिलेर टीमका लागि नयाँ अवसर सिर्जना गर्ने माउरिन्होको भनाई छ । ५४ बर्षीय माउरिन्होको कार्यकाल अर्को वर्ष सकिंदै थियो ।

नयाँ अनुबन्धमा कार्यकाल अझै थप्न सकिने विकल्प पनि राखिएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सन् २०१६ मा म्यान्चेष्टर युनाइटेडको प्रशिक्षक बनेका माउरिन्होले त्यसै बर्ष क्लबलाई युरोपा लिग र इएफएल कपको उपाधि जिताएका थिए ।

म्यान्चेस्टरमा म्यानेजरको रुपमा ९९ खेल खेल्दै ६१ खेलम जित हासिल गरेका छन् भने २३ खेल बराबरी भएका छन् । त्यस्तै १५ खेलमा मोरिन्होले हार बेहोरेका छन् । म्यानचेस्टरमा मोरिन्होको जित प्रतिशत ६१.६ रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);