कांग्रेस नबदलिए प्रजा परिषदको रुपमा जान सक्छ : नेता श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८१, सोमबार

कांग्रेस नबदलिए प्रजा परिषदको रुपमा जान सक्छ : नेता श्रेष्ठ

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका नेता सानुकान्छा श्रेष्ठले पार्टी सिस्टमले नभइ व्यक्तिगत स्वार्थले चलेको टिप्पणी गरेका छन् । सोमबारदेखि सुरु हुने कांग्रेसको महासमिति बैठकका लागि श्रेष्ठले २० बुँदे सुुझाव दिंदै यस्तो बताएका हुन् ।

पार्टी भित्रका नेताहरुमा नै तिब्र प्रतिस्पर्धा भएको भन्दै कार्यकर्ता र जनताको भावना बिचार अनुसार नेताहरु चल्न जरुरी उनको भनाइ छ । सोही तरिकाले पार्टीलाई संचालन गर्न नसकेमा कांग्रेस पार्टी बिगतको प्रजा परिषदको रुपमा जान सक्ने उनको ठहर छ ।

नेपाली काँग्रेसको बिधानमा ब्यवस्था भए बमोजिम पुर्ण रुपमा कुनै पनि तहका सभापतिहरुले कार्य सम्पादन नगरेको आरोप लगाउँदै नेता श्रेष्ठले लेखेका छन्,“सबैले पदको लागि मात्रै राजनिति गरेको प्रष्ट देखिन्छ । जनतासंग संवाद गरि जनताको समस्या समाधान तिर कोहि पनि नेताहरु अग्रसर भएको पाईदैन ।

जनताहरु काँग्रेस कहाँ छ भनेर खोजि बसेको अबस्था छ । टोल–टोलमा जताततै भ्रष्टाचार बेथिति बिसंगति गैरकानुनी कामको बिकास भै राखेको अबस्था छ हाम्रै साथिहरुलाई पनि हाम्रै पार्टीको सरकारमा समाबेश हुदा पनि आफ्नै पार्टी भित्र पनि सरकार भएको महशुस हुन सकेको छैन ।”

यस्ता छन् उनका सुझाव

१.नेपाली काँग्रेसको महासमिति बैठकमा बिबिध बिषयमा पार्टीलाई नयाँ आयामिक तरिकाले संचालन गर्न बिधान र नियमावलिमा धेरै दफाहरु संशोधन गरि जनता माझ लोकप्रिय पार्टी बनाई जनताको पार्टी बनाउन जरुरी छ । अधिबेशनमा ३० प्रतिशत युवा नेतृत्व चयन हुने र टोल कार्य समिति देखि नै पदाधिकारीमा एक महिला अनिवार्य निर्वाचित हुने ब्यवस्था गर्नु पर्ने छ । निर्वाचनमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुने ब्यवस्था गर्नु पर्ने र अनुगमन समिति र अनुसासन समितिले कडाइका साथ निश्पक्ष भै काम गर्ने वातावरण लागू गर्नु पर्ने छ ।
२. देशमा पुराना पार्टी, नयाँ पार्टी बिच, स्वतन्त्र जनताहरु बिच, राजाबादिहरु बिच , सबै पक्षहरु बिच हाम्रो पार्टीको तिब्र प्रतिस्पर्धा हुँदा हुँदै पार्टी सिस्टममा नचलि ब्यक्तिगत स्वार्थ परिपुर्ति तवरले पार्टी संचालन हुँदा हाम्रो पार्टी बिचका नेताहरु बिच पनि तिब्र प्रतिस्पर्दा छ दै छ । समय परिस्थिति अनुसार पार्टीले राष्ट्र राष्ट्रियता जनता र कार्यकर्ताहरुलाई कुल देवताको रुपमा मानेर संविधान बमोजिम पार्टी संचालन गर्न अनिवार्य छ । यसरी पार्टीलाई संचालन गर्न सकेन भने हाम्रो पार्टि बिगतको प्रजापरिषदको रुपमा जान सक्छ यसरी दुर्घटना बाट बचाउन बेलैमा तपाई हामी मिलि सबै नेताहरुले कार्यकर्ता र जनताको भावना बिचार अनुसार चल्न जरुरी छ ।
३. नेपाली काँग्रेसको बिधानमा ब्यवस्था भए बमोजिम पुर्ण रुपमा कुनै पनि तहका सभापतिहरुले कार्य सम्पादन गरेको पाईदैन । सबैले पदको लागि मात्रै राजनिति गरेको प्रष्ट देखिन्छ । जनता संग संवाद गरि जनताको समस्या समाधान तिर कोहि पनि नेताहरु अग्रसर भएको पाईदैन । जनताहरु काँग्रेस कहाँ छ भनेर खोजि बसेको अबस्था छ । टोल टोलमा जताततै भ्रष्टाचार बेथिति बिसंगति गैरकानुनी कामको बिकास भै राखेको अबस्था छ हाम्रै साथिहरुलाई पनि हाम्रै पार्टीको सरकारमा समाबेश हुदा पनि आफ्नै पार्टी भित्र पनि सरकार भएको महशुस हुन सकेको छैन ।
४. हाम्रो ऐतिहासिक नेपाली काँग्रेस पार्टी सभापतिय प्रणालिबाट संशोधन गरि कार्य समितिले काम गर्ने तरिकामा पदहरुको काम कर्तव्य अधिकार व्याख्या गरि सबैको काम कर्तब्य अधिकार थप गर्नु पर्छ । जस्तै महामन्त्री ,सचिब,कोषाध्यक्ष लगाएतको अधिकार थप गर्नु पर्ने छ ।
५. हालको कायम भएको करिब ८ लाख गोजिको कृयाशिल सदस्य सबै डिजर्भ गरि नयाँ टेक्नोलोजी त्इच् तयार गरि सफटवेयर माध्यमले भौतिक शरीर उपस्थित गराई नबिकरण गर्नु पर्छ र थप नयाँ कृयाशिल सदस्य राख्दा त्इच् बनाई साधारण सदस्य भएको २ बर्ष पछि मात्रै कृयाशिल सदस्य पाउने ब्यवस्था गर्नु पर्छ ।
६. कृयाशिल सदस्य भएको २ बर्ष पछि मात्रै क्षेत्रीय प्रतिनिधि बन्ने ब्यवस्था मिलाउनु पर्छ ।
७. एक पटक क्षेत्रीय प्रतिनिधि भै सकेपछि मात्रै क्षेत्र र प्रदेशमा कार्य समितिमा बस्न योग्य मान्नु पर्छ , पार्टीको पालिका कार्य समितिको पदाधिकारिमा उम्मेद्वार बन्न पाउने ब्यवस्था गर्नु पर्ने छ।
८. स्थानिय तहमा नयाँ कृयाशिल सदस्यले पनि प्रतिस्पर्दा गर्न पाउने ब्यवस्था गर्ने र टिकट दिने ब्यवस्था स्थानिय तहमा स्थानिय तहका कृयाशिल सदस्यले बहुमत बाट निर्वाचितलाई, प्रदेशमा प्रदेश स्तरको कृयाशिलबाट भोटिङ गरि निर्वाचितलाई, नगरमा नगर स्तरिय कृयाशिल सदस्यबाट निर्वाचित भएकोलाई र संघमा पनि संघको क्षेत्रिय स्तरको कृयाशिल सदस्यबाट निर्वाचित उम्मेदवारलाई टिकट दिने सिस्टमको ब्यवस्था गर्नु पर्ने छ ।
९.बिदेशमा बसेका नागरिकहरुबाट पनि प्रत्येक तहको निर्वाचनमा भोट हाल्ने ब्यवस्था गर्नु पर्छ ।
१०. भ्रष्टाचारमा मुछियका नेताहरुलाई अदालतबाट अन्तिम फैसला नहुन्जेल सम्मका लाई बर्खाष्ट गर्नु पर्ने ब्यवस्था राख्नु पर्ने छ ।
११. नेपाललाई स्मार्ट सिटिको रुपमा बिकास गर्न स्थानिय टोल टोलमा बिकास निर्माण सम्वन्धि बृहत् छलफल तय गराई टोल समितिको निर्णय अनुसार अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार बिकासमा नेपाललाई लैजाने ब्यवस्था गराउनु पर्ने छ । बसोबास क्षेत्रमा कुनै किसिमको उद्योग,कलकारखाना राख्न नपाउने ब्यवस्था गर्नु पर्ने छ ।
१२. तराईको कृषि भुमिलाई घडेरि बिकास गर्न बन्द गर्नु पर्ने, कृषकहरुलाई निशुल्क रुपमा कृषि सिचांईको ब्यवस्थापन र कृषकले उत्पादन गरेको सबै बालिनालि सरकारले खरिद गर्नु पर्ने ब्यवस्था गर्नु पर्ने । यस्ले बिदेशमा जाने युवाहरु देश मै रोकिन चान्स बढछ ।
१३. बिधान बमोजिम अनिवार्य रुपमा प्रत्येक तहका सभापतिहरुले काम गर्नु पर्ने छ ६०÷७० प्रतिशत काम नगर्ने सभापतिहरुलाई पदच्युट गर्नु पर्ने ब्यवस्था गर्नु पर्ने ।राम्रो काम गर्ने कृयाशिल सदस्य नेताहरूलाई सम्मान गर्ने ब्यवस्था गर्ने ।
१४. निवार्चित जन प्रतिनिधि सबै तहकोले जनताको भावना र पार्टिको सिद्धान्त अनुसार काम गर्नु पर्ने, बिधान बमोजिम महिनाको १ चोटि निर्वाचित जन प्रतिनिधि र पार्टीको बैंठक अनिवार्य बस्नु पर्ने ब्यवस्था गर्नु पर्ने छ ।
१५. नेताहरु जनताको घर घरमा जाने ब्यवस्था गर्नु पर्ने छ,
१६. देश बिकास गरि , रोजगारिको लागि नयाँ बैज्ञानिक सिद्धान्त लागू गर्नु पर्ने, नेपालमा जोखिम पुर्ण बसोबास क्षेत्र स्थानान्तरण गर्नु पर्ने, जमिन बाझो राख्न नपाउने नीति लागू गर्नु पर्ने, हाईड्रो पावर , होटल ब्यवसायलाई सरकारले प्राथमिकतामा राखि संरक्षण गर्नु पर्ने साना ब्यवसायहरुलाई कम ब्याजमा बैकिङ सुबिधा दिनु पर्ने ब्यवस्था गर्नु पर्ने छ ।
१७. निजि कम्पनीहरुले आफ्नो कर्मचारिहरुलाई श्रम ऐन अन्तर्गत सेवा सुबिधा दिनु पर्ने ब्यवस्था गर्नु पर्छ । कुनै पनि नागरिक रोजगार छ छैन कम्पनि रजिस्ट्रार कार्यालय र बैक मार्फत अपडेट सरकारलाई जानकारी दिनु पर्ने, बेरोजगार भत्ताको ब्यवस्था गर्नु पर्ने,
१८. जेष्ठ नागरिक आश्रम ( मेरो घर ) स्थानिय सरकारमा लागू गराउनु पर्ने बृद्ध भत्ता खारेज गर्नु पर्ने, प्रत्येक जेष्ठ नागरिकलाई खान बस्न अउषधि उपचार निशुल्क रुपमा सरकारले गर्नु पर्ने, जेष्ठ नागरिकहरुलाई अनिवार्य रुपमा मोबाइल

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);