पशुपतिनाथलाई राजनीतिक स्वार्थका लागि उपयोग गर्न खोजियो : श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

पशुपतिनाथलाई राजनीतिक स्वार्थका लागि उपयोग गर्न खोजियो : श्रेष्ठ

काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरिएको बताएका छन् ।

आइतबार नेकपा केन्द्रीय संघर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरुको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई संकिर्ण राजनीतिक स्वार्थको निम्ति उपयोग गरिएको बताएका हुन् ।

पशुपतिनाथ विश्वभरीका हिन्दुहरुको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफुहरुले सम्मान गर्ने उनको भनाई छ । यस्तो संवेदनशिल पक्षलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरुपयोग नगर्न पनि श्रेष्ठले चेतावनी दिए।

उनले भने ‘हाम्रो संविधानले नेपाललाई धर्म निरपेक्ष राज्य भनेको छ, त्यसको अर्थ राज्य धर्मबाट अलग हुने भनेको हो । तर नेपाली जनताको धार्मिक आस्थाको, धार्मिक स्वतन्त्रताको हामी उच्च सम्मान गर्दछौँ र त्यसका निम्ति हामिले संघर्ष पनि गरेका हौँ । हरेक व्यक्तिले धर्म मान्न पाउने छुट छ र हरेक व्यक्तिले आफ्नो सनातनदेखिको वा आफ्नो विवेक अनुसारको धार्मिक आस्था अनुसार अगाडी बढ्न पाउने र त्यसलाई मान्न पाउने छुट छ र त्यसको हामि सम्मान गर्दछौँ ।

श्रेष्ठले पशुपतिनाथलाई विश्वभरीका हिन्दुहरुको आराध्यदेवको रुपमा लिईने र सबै हिन्दुहरुको आस्थाको केन्द्र को रुपमा लिने बताए ।

Leave a Reply

ताजा समाचार