डिडिसीका महाप्रबन्धक झामाथि दुव्यवहार | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

डिडिसीका महाप्रबन्धक झामाथि दुव्यवहार

काठमाडौं,४ फागुन । दुग्ध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक सन्जिब झामाथि क्रान्तिकारी युवा संगठनका कार्यकर्ताहरुले दुव्र्यवहार गरेका छन् ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारीका कार्यकर्ताले झा माथि कालोमोसो दलेका हुन् । सोही पार्टीका कार्यकर्ताले केही दिन अघि यातायात व्यवस्था विभागका महानिर्देशन उद्धव प्रसाद रिजालमाथि पनि कालोमोसो दलेका थिए । झामाथि भ्रष्टाचार र अनियमितता गरेको उनीहरुले आरोप लगाएका छन् ।

महाप्रबन्धक झा माथि १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको,किसानलाई दुधको वक्यौता तिर्न आलटाल गरेको लगायतका आरोप संगठनले लगाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);