दाङ,४ फागुन । दाङमा ड्युटीमा रहेकी महिला प्रहरीको उनकै गोली हानेर हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर आफ्नै श्रीमानले हत्या गरेका हुन् ।
वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान् प्रहीरी हवल्दार यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ ।
गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको हो । झाक्री नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत प्रहरी रहेका थिए । धनमाया थापाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएको बुझिएको छ ।