आजपाले पनि मनायो जनयुद्ध दिवस | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

आजपाले पनि मनायो जनयुद्ध दिवस

राजविराज,२ फागुन । प्रभु साह नेतृत्वको आम जनता पार्टीले जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशको विरगन्जमा अन्तरक्रिया कार्यक्रम गरेको छ । जनयुद्ध दिवसको अवसर पारेर आम जनता पार्टीले विरगन्जमा दलतन्त्रको उपहार नेपलाीहरु विदेशमा मर्ने र विदेशीहरु नेपालमा काम गर्ने विषयक अन्तिक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

आजपाका अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जसपा परित्याग गरी बारा जिल्लाको बारागढीको नेता सुरेश प्रसाद साह, लक्ष्मी साह, दुलार पासवान, रामदेव मुखिया, इसा महमद मिया, महिन्द्र मुखिया, राजिन्द्र साह, विरेन्द्र मुखिया सहितका सयौं नेता तथा कार्यकर्ताहरु आजपामा प्रवेश गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा आजपाका अध्यक्ष प्रभु साह, मधेश प्रदेश अध्यक्ष उमेश कुशबाहा, मधेश प्रदेश ईन्चार्ज सुधिर यादव सहित आजपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);