एमाले छोडेपछि प्रभु साहकी पत्नी रिनाको मेयर पद चैट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एमाले छोडेपछि प्रभु साहकी पत्नी रिनाको मेयर पद चैट

काठमाडौं, ३० असोज । नेकपा एमालेबाट रौतहटको मौलापुर नगरपालिकाको मेयरमा निर्वाचित रिनाकुमारी साहको पद गएको छ । आज एक सूचना जारी गर्दै निर्वाचन आयोगले प्रमुख साहको पद रिक्त भएको जानकारी दिएको हो ।

साहले आम जनता पार्टीको सदस्यता लिएकी छिन् । आयोगले एमालेबाट निर्वाचित जनप्रतिनिधि भएकोले सो दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको जनाएको छ ।

उनी आम जनता पार्टीका संयोजक प्रभु साहकी पत्नी हुन् । सुरुमा नेकपा माओवादीमा रहेका प्रभु साह पार्टी विभाजन पछि एमाले बनेका थिए । उनले पछिल्लो समय एमाले छाडेर नयाँ दल आम जनता पार्टी स्थापना गरेका हुन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);