जीप दुर्घटना, पाल्पामा कम्तिमा ८ जनाको मृत्यु, उद्धारकार्य जारी | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

जीप दुर्घटना, पाल्पामा कम्तिमा ८ जनाको मृत्यु, उद्धारकार्य जारी

१ फागुन, काठमाडौं ।  पाल्पामा मंगलबार अपराह्न जीप दुर्घटना भएको छ। तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

उनकाअनुसार ८ जनाको शव फेला परेको छ। अझै केहीको मृत्यु हुनसक्ने आशंका गरिएको छ। जीप २० जना सवार भएको अनुमान गरिएको छ।

अहिले पनि उद्धारकार्य जारी रहेको डिएसपी श्रेष्ठले बताए। भित्री कच्ची सडकमा दुर्घटना भएको हो। जीप सडकभन्दा तल खसेको छ।

डिएसपी श्रेष्ठ आफैँ घटनास्थल पुगेका छन्। प्रहरी र स्थानीयले घटनास्थल पुगेर उद्धार गरिरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);