अल्जेरिया र जर्मनी हाइड्रोजन ऊर्जामा सहयोग बढाउन सहमत | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

अल्जेरिया र जर्मनी हाइड्रोजन ऊर्जामा सहयोग बढाउन सहमत

एजेन्सी,२८ माघ । अल्जेरिया र जर्मनीले हाइड्रोजन ऊर्जामा सहयोग बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । अल्जेरियाका उर्जा तथा खानीमन्त्री मोहम्मद अर्काब र जर्मनीका उपकुलपति र आर्थिक मामिला तथा जलवायु कार्यका संघीयमन्त्री रोबर्ट ह्याबेकको नेतृत्वमा दुवै पक्षले यस क्षेत्रमा आफ्नो सहयोग बढाउने उद्देश्यले कार्यदल स्थापना गर्ने आशयको घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । अर्काबले हरित हाइड्रोजन ऊर्जाको विकास अल्जेरिया सरकारको लागि प्राथमिक सरकारी उद्देश्य रहेको र अल्जेरियाको जलवायु प्रतिवद्धता र ऊर्जा संक्रमण योजनाको लागि अनुकुल रहेको बताउनु भयो ।

उहाँले आफूहरु युरोपमा हाइड्रोजन निर्यात गर्न प्रत्यक्ष करिडोर स्थापना गर्ने सम्भावनाको खोजी गरिरहेको बताउनु भयो । अर्काब र हबेकले अल्जेरियाबाट जर्मनीमा प्राकृतिक ग्यास आपूर्तिको लागि अल्जेरियाको ऊर्जा समूह सोनट्राच र जर्मनीको भिएनजी बीचको व्यापारिक सम्झौताको पनि निरीक्षण गर्नुभएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);