बाँसबारीको १० रोपनी जग्गा सरकारका नाममा ल्याउन २१ दिने सूचना जारी | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

बाँसबारीको १० रोपनी जग्गा सरकारका नाममा ल्याउन २१ दिने सूचना जारी

काठमाडौं,२७ माघ । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको छ ।

फुटवेयर हाल चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष संजय ठाकुरलाई २१ दिनभित्र आफैं वा वारेसमार्फत उपस्थित हुन मालपोत कार्यालयले पत्र काटेको हो । चाँदबाग सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी हो ।

यसका अध्यक्ष अरुण चौधरी, चाँदबागका ठाकुर र बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा जग्गा हिनामिना प्रकरण मै पक्राउ परेर रिहा भइसकेपछि सरकारबाट यो कदम चालिएको हो ।

आरोपितहरु बुधबा, हाजिरी जमानीमा छुटेका छन् । तर सिआईबीले भने किर्ते र ठगीमा अनुसन्धान जारी राखेको छ । यही क्रममा मालपोतले हडपेको जग्गा फर्काउने प्रक्रिया थालेको हो । मालपोतले प्रतिवादीलाई २१ दिनभित्र उपस्थित नभए कानुन अनुसार कानुन जग्गा सरकारका नाममा ल्याउन स्वतः प्रक्रिया अघि बढ्ने स्पष्ट गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);