नामिवियामा हुने डिभिजन टु खेल्न १८ सदस्सीय नेपाली क्रिकेट टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

नामिवियामा हुने डिभिजन टु खेल्न १८ सदस्सीय नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं, ११ माघ । नामिवियामा हुने डिभिजन टुका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

माघ २५ गते देखि नामिबियामा हुने प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको निगरानीमा १४ नियमित र ४ वैकल्पिकसहित १८ खेलाडीको छनोट गरिएको हो । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी रहेका छन् ।

त्यस्तै दिलिप नाथ, ललित भण्डारी, अनिलकुमार शाह र रोहित कुमार पौडेलले पनि टोलीमा स्थान बनाएका छन् । रोहितकुमार पहिलो पटक नेपाली सिनियर टोलीमा परेका छन् । नेपाली यु–१९ टोलीका भरपर्दा खेलाडी रोहित ईपिएलमा राम्रो प्रदर्शन गरेपछि टोलीको क्लोज क्याम्पमा परेका थिए । त्यस्तै वैकल्पिक खेलाडीमा सुनिल धमला, सिद्धान्त लोहनी, किशोर महतो र ललित नारायण राजवंशी रहेका छन् ।

डिभिजन टु फेब्रुअरी ८ देखि १५ सम्म नामिबियामा हुँदैछ । प्रतियोगितामा नेपालसहित नामिबिया, युएई, केन्या, क्यानाडा र ओमन रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);