सौरहा, ११ माघ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा ‘भ्यालेनटाइन डे’ को अवसरमा फुड फेस्टिभल आयोजना हुने भएको छ ।
क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा सौराहामा १२ औँ सौराहा फुड फेस्टिभल २०७४ आयोजना गर्न लागिएको हो । विहिबार सौरहामा पत्रकार सम्मेलन गरी फुड फेष्टिबलका संयोजक कपिल रेग्मीले सौराहालाई पर्यटन बजारमा थप परिचित बनाउन ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर माघ २८ गतेदेखि फागुन ३ गतेसम्म फुड फेस्टिभल आयोजना गर्न लागिएको जानकारी दिए ।
फुड फेस्टिभल अवधिभर सौराहाका रेष्टुरेन्टहरुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । ५ दिनसम्म सञ्चालन हुने फेस्टिभलमा ६० वटा खानाको स्टल र १५ वटा अन्य व्यवसायिक स्टल रहनेछ ।