एजेन्सी,१६ माघ । किर्गिस्तान–सिनजियाङ सीमा क्षेत्रमा मंगलबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ।
जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेड) ले रिक्टर स्केलमा ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
साथै भूकम्पका कारण मानवीय वा धनमालको क्षति भए नभएको जानकारी भने आउन सकेको छैन ।
जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा थियो।