काठमाडौं, १५ माघ ||
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने ? भन्नेकुरामा धेरै सजग हुन जरुरी रहेको बताउनु भयो । उहाँले मदिरा, चुरोट लगायतका विज्ञापन कलाकारहरुले गर्नु नहुने बताउनु भयो । उहाँले गलत सन्देश दिने विज्ञापन गर्नु नहुने बताउनु भयो । उहाँले कलाकारहरुले सामाजिक कामका विज्ञापनहरु निःशुल्क गर्नुपर्ने बताउनु भयो । विज्ञापन दाताहरुले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै शतर्क हुन जरुरी रहेको बताउनु भयो । अध्यक्ष केसीले नेपालमा चल्ने कुनैपनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्ने बताउनु भयो ।
कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नु हुँदैनः भुवन केसी
ताजा समाचार
मेची भन्सारले उठायो आठ अर्ब ८४ करोड राजस्व
१२ घन्टा अघि