४ वटा संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

४ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं,१५ माघ । आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्देछ । जसअनुसार बिहान ८ बजे कानून, न्याय तथा संसदीय मामिला समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला, संघ, संस्था लगायतसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा संशोधन राख्ने संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुनेछ भने दिउँसो साढे १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपालमा जनसंख्याको हालको अवस्थाअनुसार जनसंख्या नीीतमा गर्नुपर्ने पुनरावलोकन र सरकारको तयारी सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);