काठमाडौं,१५ माघ । क्रिकेट खेल्ने क्रममा बलिङ गर्ने क्रममा ढलेका युवकको मृत्यु भएको छ । खेल्दा खेल्दै चउरमा ढलेका युवकलाई नजिकै उभिरहेका साथीहरूले दौडेर उठाए तर युवकको शरीरमा कुनै हलचल भएन ।
आफन्तलाई खबर गरेपछि साथीहरुले युवकलाई निजी अस्पतालमा भर्ना गरे पनि चिकित्सकले मृत घोषणा गरेका थिए । आफन्तले पोस्टमार्टम गर्न अस्वीकार गरेका थिए । सोही क्रममा हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ ।
उनी महल्ला विवेक विहारका सराफा व्यापारी सुखमल वर्माका छोरा २६ वर्षीय कुलदीप वर्मा शनिबार बिहान ८ बजे अन्य युवाहरूसँग माजरा रोडस्थित भीभी पीजी कलेजको मैदानमा क्रिकेट खेल्न गएका थिए ।
कुलदीप बल फ्याँक्न दौडेपछि भुइँमा ढले । साथीहरूले उसलाई उठाए र हल्लाए। अनुहारमा पानी पनि छर्किए तर शरीरमा कुनै हलचल थिएन ।