काठमाडौं,१४ माघ । नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका लागि शीर्ष नेताहरु खटाएको छ ।
अभियानलाई प्रभावकारी बनाउन विभिन्न जिल्लाहरुमा फरक–फरक टोली पठाएको हो ।
कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार टोलीमा केन्द्रीय नेतृत्व सँगसंगै प्रदेशले तोकेका पदाधिकारीहरु पनि सहभागी हुनेछन् ।
कोशीको झापा र सुनसरीमा डा.शेखर कोइराला,संखुवासभा,भोजपुर,तेह्रथुम र धनकुटामा डा.नारायण खड्का खट्नेछन् ।