जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी

काठमाडौं, १४ माघ । सहकारी ठगीका आरोपी जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको छ । सुर्यदर्शन सहकारीसँग जोडिएको ठगीसम्बन्धि मुद्दामा जिल्ला प्रहरी कार्यालय, कास्कीले प्रहरी प्रधान कार्यालयमा डिफ्युजन नोटिस जारी गरिदिन पत्राचार गरेको थियो । सोही आधारमा इन्टरपोल नेश्ल सेन्ट्रल ब्युरोले डिफ्युजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई अनुरोध गरेको हो ।

सो सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर, पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध पनि नोटिस जारी गर्न प्रहरीले सिफारिस गरेको छ ।

यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्रहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ र त्यसपछि डिपोट गराएर नेपाल ल्याउन सकिनेछ । सोही विषयमा सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्यहरु शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पक्राउ परेका छन् ।

सो सहकारीका पदाधिकारीहरुले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);