जापानमा आगजनीमा दोषी ठहर नागरिकलाई मृत्युदण्डको सजाय | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

जापानमा आगजनीमा दोषी ठहर नागरिकलाई मृत्युदण्डको सजाय

काठमाडौं,१२ माघ । सन् २०१९ मा क्योटो एनिमेसन स्टुडियोमा भएको आगजनीमा दोषी ठहर एक जापानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उक्त आगजनीमा ३६ जनाको ज्यान गएको थियो भने र दर्जनौं घाइते भएका थिए ।

४५ वर्षीय शिन्जी आओबाले आक्रमणमा आफू दोषी रहेको स्वीकारका थिए । आओबाका वकिलहरूले भने उनको मानसिक असक्षमता रहेको भन्दै हल्का सजायको माग गरेका थिए । तर न्यायाधीशहरुले उनको सजाय घटाउन अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । क्योटो जिल्ला अदालतमा बिहीबार प्रधानन्यायाधीश मसुदाले अपराध गर्दा प्रतिवादी मानसिक रूपमा पागल वा कमजोर नभएको आफूले पक्का गरेको बताएका थिए ।

स्टुडियोको माथिल्लो तल्लामा आगो फैलिएपछि धेरै एनिमेसन स्टाफ ,युवा कलाकारहरू मारिएका थिए । एनिमेसनको संसारमा काम गरिरहेकाहरुलाई यो घटनाले स्तब्ध पारेको थियो । अभियोजकहरूले आओबालाई मृत्युदण्डको माग गरेका थिए । उनले आफ्नो सिर्जनामा बौद्धिक चोरी भएको लागेर स्टुडियोमा आक्रमण गर्न उत्प्रेरित भएको बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);