न्यु ह्याम्पशायरको रिपब्लिकन प्राइमरी चुनावमा ट्रम्प विजयी | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

न्यु ह्याम्पशायरको रिपब्लिकन प्राइमरी चुनावमा ट्रम्प विजयी

एजेन्सी,१० माघ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प न्यु ह्याम्पशायरको रिपब्लिकन प्राइमरी चुनावमा विजयी हुनुभएको छ । ट्रम्पले ११ प्रतिनिधि र प्रतिद्वन्द्वी निक्की हेलीले ८ प्रतिनिधि प्राप्त गर्नुभएको छ ।

न्यु ह्याम्पशायरमा रिपब्लिकन पार्टीका कुल २२ प्रतिनिधि रहेका छन् ।

सबैको नजर रहेको रिपब्लिकन प्राइमरीमा ट्रम्प विजयी हुनुले आगामी चुनावलाई थप सहज बनाएको अनुमान गरिएको छ ।

यो प्राइमरी निर्वाचनमा जो कोही विजयी हुने राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग निश्चित हुने भन्ने विश्वास गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);