नेटवर्किङ्ग कम्पनीमा काम लगाइदिने भन्दै लाखौ ठगी गर्ने ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०७९, मंगलबार

नेटवर्किङ्ग कम्पनीमा काम लगाइदिने भन्दै लाखौ ठगी गर्ने ५ जना पक्राउ

रुपन्देही, १० माघ । भारतको नेटवर्किङ्ग कम्पनीमा काम लगाइदिने भन्दै लाखौ ठगी गर्ने ५ जनलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

नेटवर्किङ्ग कम्पनीमा काम लगाइदिने बहानामा ठगी गरेको भन्दै पीडितहरुले उजुरी दिएपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लम्जुङ्ग दोर्दी गाउपालिका ५ का दर्पण लामा, दाङ्ग लमही नगरपालिका ४ का कुशलराम चौधरी, धादिङ्ग रोराङ्ग गाउपालिका ३ का ज्ञानेन्द्र मगर, काभ्रे खानीखोला नगरपालिका ३ का चन्दितसिंह मोक्तान र बारा निजगढ १२ का दावा लामालाई प्रहरीले पक्राउ गरेको हो ।

दर्पण लामा र कुशलराम चौधरीले ३७ लाख ५८ हजार,ज्ञानेन्द्र मगरले ७६ लाख ८३ हजार, चन्दितसिंह मोक्तान र दावा लामाले ३७ लाख ५८ हजार ठगी गरेको पीडितहरुको आरोप छ ।