प्रधानमन्त्रीसहित २५ सै मन्त्रीको नैतिकतामा प्रश्न, अकुत सम्पति आर्जन गरेको आशंका | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८१, बिहीबार

प्रधानमन्त्रीसहित २५ सै मन्त्रीको नैतिकतामा प्रश्न, अकुत सम्पति आर्जन गरेको आशंका

काठमाडौं,५ माघ। कोशी प्रदेशका मुख्य मन्त्री र मन्त्रीले सम्पति विवरण सार्वजनिक गरेर नैतिकता र इमान्दारीता देखाएका छन्। तर संघीय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सरकारका २५ सै जना मन्त्रीले सम्पति विवरण लुकाएर अनैतिकता प्रदर्शन गरेका छन्।

उनीहरूले एक वर्ष बितिसक्दासमेत सम्पति विवरण गोप्य नै राखेका छन्। लोकतान्त्रिक सरकारद्वारा सम्पति विवरण सार्वजनिक गर्ने परम्परालाई वर्तमान प्रचण्ड नेतृत्वको सरकारले तोडेको छ।

जसका कारण प्रधानमन्त्री र मन्त्रीहरूमाथि अकुत सम्पति कमाएको हुनसक्ने आशंका गर्न थालिएका छ। प्रधानमन्त्री र मन्त्रीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई पटकसम्म सम्पति विवरण बुझाइसकेका छन्। तर, दुवैपटक बुझाएको सम्पति उनीहरूले गोप्य राखेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

लोकतान्त्रिक सरकारहरूले सुशासन र पारदर्शीतालाई हेक्का गर्दै सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक गर्ने परम्परा बसाल्दै आएका थिए। तर, प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सो परम्परा तोडेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरू सम्पति विवरण सार्वजनिक गर्न अनिच्छुक भएकाले सम्पत्ति विवरण सार्वजनिक गर्न नसकिएको हो।

२०४६ सालको जनआन्दोलनको सफलतापछि २०४८ सालमा जननिर्वाचित प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाको शासनकालमा प्रधानमन्त्री र मन्त्रीहरूले नियुक्तिको १५ दिनभित्र सम्पति विवरण सार्वजनिक गर्ने परम्परा बसाल्दै लोकतान्त्रिक सरकारले सुशासन र पारदर्शीतामा जोड दिनुपर्ने नीति लिएको थियो।

तर, त्यतिखेरको लोकतान्त्रिक सरकारले बसालेको प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परालाई संघीय लोकतान्त्रिक गणतान्त्रिक भनिएको वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले चुनौती दिँदै सम्पत्ति लुकाउने काम गरेका हुन्।पुरानो सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको र नयाँ सम्पत्ति विवरण पनि गोप्य नै राखिएकाले वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति बढेको हुन सक्ने अनुमान गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्पत्ति विवरण गोप्य राख्नेहरूमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कासहित कृषि तथा पशुपंक्षी मन्त्री बेदुराम भुसाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, अर्थ मन्त्री प्रकाशशरण महत र खानेपानी मन्त्री महिन्द्रराय यादव रहेका छन्।

यसै गरी ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलगायतले पनि सम्पत्ति विवरण गोप्य राखेका छन्।

यस्तै, सम्पत्ति विवरण गोप्य राख्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, सहरी विकास मन्त्री सीता गुरुङ, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य, वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी रहेका छन्।

यसै गरी राज्यमन्त्रीहरू सुनितादेवी श्रीपाली, नन्दा चपाईं र प्रमिला कुमारीले पनि सम्पत्ति विवरण गोप्य राखेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । समाचारपत्र

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);