गुजरातमा डुंगा डुब्दा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

गुजरातमा डुंगा डुब्दा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु

काठमाडौं,५ माघ । भारतको गुजरातमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ भने ६ जना बेपत्ता भएका छन् ।

गुजरातको वडोदरामा रहेको हरनी तालमा डुंगा डुबेर भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

डुंगामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुको खोजी भइरहेको खबरमा उल्लेख छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);