रैथाने बालीलाई बढी उत्पादनशील बनाउन आवश्यकः मन्त्री भुसाल | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

रैथाने बालीलाई बढी उत्पादनशील बनाउन आवश्यकः मन्त्री भुसाल

काठमाडौं, ४ माघ ||
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रैथाने बालीलाई बढी उत्पादनील बनाउन आवश्यक रहेको बताउनुभएको छ । बिहीवार ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रैथाने बाली र पशुपंक्षीहरुको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले रैथाने बालीहरुको संरक्षण गर्न नसके निश्चित क्षेत्रमा राखेर संरक्षण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले उत्पादन बढी गर्ने बीउको प्रयोग गर्न नसके खाद्यान्न संकट निम्तिने बताउनु भयो । उहाँले खाद्य संकट र रैथाने बालीको संकटको समाधान गर्नुपर्ने बेला आइसकेको बताउनु भयो । मन्त्री भुसालले रासयनिक मलको प्रयोग घटाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);