सरकार अब उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुन्छः मन्त्री ज्वाला | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

सरकार अब उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुन्छः मन्त्री ज्वाला

काठमाडौं, ४ माघ ||
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार अव उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुने बताउनुभएको छ । बिहीवार सिंहदरबारस्थित संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले पूर्व–पश्चिम राजमार्गको काम पर्याप्त भइसकेको दाबी गर्दै अब सरकारको काम उत्तर–दक्षिण राजमार्गमा केन्द्रित हुने बताउनुभएको हो । मन्त्री ज्वालाले सो राजमार्ग व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले यसलाई उच्च प्राथमिकता दिएर सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग जनतालाई सास्ती पनि नहुने र विकास निर्माणको काम पनि अघि बढ्ने हिसावले अघि बढाउने आवश्वासन समेत दिनु भयो ।

Leave a Reply