पोखराबाट जुवा खेल्ने पुनसहित ९ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पोखराबाट जुवा खेल्ने पुनसहित ९ जना पक्राउ

कास्की,२९ पुस । जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपा समेत ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार १ सय ७५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);