सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन शिर्ष नेताहरुको संयुक्त आह्वान | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन शिर्ष नेताहरुको संयुक्त आह्वान

काठमाडौं,२९ पुस । सत्तारुढ गठबन्धनका राष्ट्रिय सभा उम्मेदवारहरुलाई जिताउन गठबन्धनका शिर्ष नेताहरुले अपिल गरेका छन् । आईतवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट उठाइएका उम्मेदवारहरुलाई जिताउन संयुक्त आह्वान गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शिर्ष नेताहरुले आह्वान गर्नुभएको बताउनु भयो । उहाँले प्रदेशहरुमा र जिल्लाहरुमा समन्वय समितिहरु गठन भएको बारेमा नेताहरुलाई ब्रिफिङ गरिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारमा रहेका, सरकारलाई सहयोग गरिरहेका राजनीतिक दलका प्रम्ुख नेताहरुको बैठक हो । यो बैठक राष्ट्रिय सभा निर्वाचनका लागि हो । राष्ट्रिय सभा निर्वाचनको सत्ता पक्षका गठबन्धनका साझा उम्मेदवारहरुलाई कसरी जिताउने भन्ने छलफल भयो । संयुत्तः अपिल जारी गर्ने काम भएको छ । सबै सात दलका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर १९ जना उम्मेदवार नै हामी सबैका साझा उम्मेदवार हुन् र सबैले मतदान गरेर जिताउनका लागि भनेर आह्वान गर्ने काम भएको छ । प्रदेशहरुमा समन्वय समितिहरु गठन भएका छन् । जिल्लामा समन्वय समितिहरु गठन भएका छन् । त्यसका बारेमा पनि नेताहरुलाई ब्रिफिङ गर्ने काम भएको छ ।’

आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचनबाट गठबन्धनलाई अझ संगठित र बलियो बनाउन आवश्यक रहेको गठबन्धनको निस्कर्ष छ । गठबन्धन देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर भएको भन्दै नेताहरुले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);