धनगढी,२६ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिकाका–६ का वडाध्यक्ष महेन्द्र खड्का मृत अवस्थामा भेटिएका छन् ।
खड्का मोटरसाइकलसहित आज बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
खड्काले म१प ४८५२ नम्बरको मोटरसाइकल चढेका खड्कालाई दुर्घटना ग्रस्त अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।