आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ

murder

ईलाम,२४ पुस । आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । आफ्नै छोरा १९ वर्षीय जीवन राईको हत्या गरेको अभियोगमा माई नगरपालिका–६ बिहिबारे बस्ने ३६ वर्षीय दिल कुमार राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);