अर्थतन्त्र सुधकारका लागि कानूनहरु संशोधन गर्न आवश्यक छः अध्यक्ष अग्रवाल | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

अर्थतन्त्र सुधकारका लागि कानूनहरु संशोधन गर्न आवश्यक छः अध्यक्ष अग्रवाल

काठमाडौं, २१ पुस ||
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र सुधकारका लागि कानूनहरु संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गर्न लागिरहेको र यसबाट लगानीका बारेमा सकारात्मक सन्देश सञ्चार हुने बताउनु भयो । गानीलाई प्रोत्साहन गर्न विद्यमान केही कानूनहरुमा सुधार आवश्यक रहेको बताउनु भयो । उहाँले समग्र मुलुकको अर्थतन्त्रको विकासका लागि अर्थतन्त्रसँग सम्बन्धित कुनकुन कानूनमा के कस्ता संशोधन गर्न आवश्यक छ भन्ने विषयमा कानूनका दफाहरु किटान गरी सुझाव दिन परिसंघले काम गरिरहेको पनि बताउनु भयो । उहाँले कानून सुधारका विषय सरकारले गम्भीरतापूर्वक लिने हो भने लगानी सम्मेलन लगानीकर्तालाई लगानीको वातावरण र अवसरका विषयमा जानकारी गराउने महत्वपूर्ण स्थान हुने बताउनु भयो । उहाँले अर्थतन्त्र चलायमान बनाउन बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष अग्रवालले बजेटले लिएका लक्ष्य हासिल गर्न कठोर बन्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो । पूर्वाधार क्षेत्रमा बजेट बढाउनुपर्ने पनि आवश्यकता रहेको बताउनु भयो । पूर्वाधार क्षेत्रमा हुने लगानी दीर्घकालीन रुपमा अर्थतन्त्रलाई समृद्धिमा लैजान मद्दत गर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);